काठमाडौं, २५ फागुन । अखिल (क्रान्तिकारी) बहुमतले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अखिल (क्रान्तिकारी) बहुमतले त्रिभुवन विश्वविद्यालय सुधारको ३३ बुँदे एजेण्डासहित स्ववियू निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको हो ।
विश्वविद्यालयको कूलपति प्रधानमन्त्री बन्ने प्रणाली खारेज गर्न तथा विश्वविद्यालयमा गरिने राजनीतिक भागबण्डा र हस्तक्षेपको अन्त्य गर्न संघर्ष गर्ने, त्रिविको अतिक्रमित जमिन फिर्ता ल्याउन अभियानसहित संघर्ष गर्ने, स्ववियुलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, उत्तरदायी एवं विद्यार्थी आन्दोलनको साझा मोर्चाको रूपमा विकास गर्ने, त्रिविलाई दक्षिण एसियाकै अग्रणी अनुसन्धान संस्थाको रूपमा विकास गर्न पहल गर्नेलयातका एजेण्डा अखिल (क्रान्तिकारी) ले अगाडि सारेको छ ।
घोषणा पत्र सार्वजनिकी कार्यक्रममा अखिल (क्रान्तिकारी) बहुमतका केन्द्रीय अध्यक्ष वीरेन्द्र साह, सचिव गोविन्द विष्ट, हरि विष्टलगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया