काठमाडौं, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा हुँ भन्दै अमेरिका पठाइदिने भनेर एक करोडभन्दा बढी ठगी गरेको आरोपमा अनुप सिंह पक्राउ परेका छन् । उनले आफू नेपाली सेनाको पाइलट रहेको र राजपरिवारको अमेरिका जाने फ्लाइटमा मिलाएर उता पुर्यादिने भन्दै विभिन्न व्यक्तिसँग पैसा लिएको पाइएको बताइएको छ । उनले
सिंहलाई जिल्ला प्रहरी परिसर ललितपुरले केही दिनअघि पक्राउ गरेको हो । उनले १ करोड २७ लाखभन्दा बढी ठगी गरेको अहिलेसम्म खुल्न आएको बताइएको छ । सिंहसँगै दीपकराज खनाल, अनुप सिंह, राजकुमार केसी, सचिन व्यञ्जनकार पनि पक्राउ परेका छन् । सो घटनामा जोडिएका अन्य ३ जना फरार रहेको बताइएको छ ।




प्रतिक्रिया