राजसंस्थाको पक्षमा २५ लाख जनता सडकमा उत्रिएको अधिवक्ता नेपालको दाबी


काठमाडौं, २५ फागुन । अधिवक्ता स्वागत नेपालले राजा र राजतन्त्रको पक्षमा २५ लाख जनता सडकमा उत्रिएको दाबी गरेका छन् । योसँगै नेपालको गणतन्त्र विधिवत रुपमा अन्त्य भएको उनले बताए । राजावादीहरु अहिले नै नारायणहिटी छिर्न सक्ने अवस्था रहेको उनको दाबी छ । राजावादीहरुले नेपालमा बंगलादेशको जस्तो अवस्था आओस् भन्ने हेतुले अहिले हतार नगरेको उनले बताए ।

‘२५ लाखको संख्यामा उपस्थित भएका छन् । यो १० किलो मिटर पूरै सडकमा जनता राजाको स्वागतको लागि उपस्थिति छ । राजाले म यो दिन नारायणहिटी प्रवेश गर्ने हो । तपाईँहरु आउनुस् भन्ने हो भने एक जना पनि विदेशी दलाल नेपालमा रहने छैन,’– उनले भने ।

डा.जगमान गुरुङलगायतका गुरुहरुले तय गरेको शुभ साइतमा ज्ञानेन्द्रले नारायणहिटी प्रवेश गर्ने तयारी रहेको उनले बताए । नेपाली सेनाले राष्ट्रपति, प्रधानमन्त्रीलगायतका नेताहरुलाई ज्यान जोगाउनका लागि तत्काल अपदस्त गरेर सुरक्षा दिनु उपयुक्त हुने उनको शुझाव छ । ‘नागरिकहरुले सबैतिरबाट आजै छिर्नुपर्यो नारायणहिटी भनिराख्नु भएको छ । तर, संयमता, धैर्यता सबै कुरा हेर्नुपर्छ,’– उनले भने ।