कमल थापाले बोलाए पदाधिकारी बैठक


काठमाडौं, फागुन २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्न लागेको हो । बैठकमा मुलुकको पछिल्लो राजनितीक घटनाक्रम, त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागतलगायत समसामयीक विषयमा समीक्षा हुने जनाइएको छ ।