काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगीतामा गण्डकी प्रदेशले सुदूरपश्च्मि प्रदेशलाई २२१ रनको चुनौती पेश गरेको छ । लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रन जोड्यो ।
गण्डकीका लागि दीपक डुम्रे र अर्जुन कुमालले अर्धशतक प्रहार गरे । ७४ बलको सामना गरेका दीपकले ३ चौका र १ छक्का हिर्काउँदै ६४ रन जोड्दा ९५ बलको सामना गरेका अर्जुनले तीन चौका र एक छक्का हिर्काउँदै ५७ रन जोडे । सुदीप अर्यालले २३ रन जोडेको खेलमा वंश क्षेत्री १८, दिनेश बुढामगर १५ तथा अमृत गुरुङ र विपीन खत्री समान १० रनमा आउट भए ।
सुदूरका लागि शेर मल्लले तीन तथा नारायण जोशीले २ विकेट लिए । पहिलो खेलमा कर्णालीसँग हारेर सुदूर आज जित्नुपर्ने दवावमा छ भने गण्डकीको पहिलो खेल हो ।




प्रतिक्रिया