जागृति विद्या सदनको अभिभावक दिवस सम्पन्न


भक्तपुर । चाँगुनारायण नगरपालिका–१, दुवाकोट बेसीमा रहेको जागृति विद्या सदन स्कुलको अभिभावक दिवस तथा पुरस्कार विकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार प्रमुख अतिथि बागमति प्रदेश सांसद सुरेश श्रेष्ठको आतिथ्यमा अभिभावक दिवस तथा पुरस्कार विकरण कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन अध्यक्ष अनिल पोखरेलको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले जागृति विद्या सदन शैक्षिक क्षेत्रमा निर्वाह गरेको भूमिका प्रति खुशी व्यक्त गर्दै विद्यालयको प्रशंसा गरे । उनले विद्यालयलाई आफ्नो सदैव साथ र सहयोग रहने बताए । सांसद श्रेष्ठले शिक्षक सम्मान र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए ।

जागृति विद्या सदन स्कुलका प्रिन्सिपल एवं सञ्चालक जगदिश पौड्यालले विद्यालयको प्रगति प्रतिवेदन र भावी योजना राख्दै स्कुलले २०८२ मा कक्षा १० को एसईई परीक्षामा पहिलो पटक विद्यार्थी सम्मिलित हुने र अभिभावकहरुले अब एसईईसम्म जागृति स्कुलमा नै पढाउन सकिने बताए । उनले अभिभावकहरुको यसरी नै साथ पाएमा विद्यालयलाई शैक्षिक एवं अन्य पक्षहरुमा अझ स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुति, नाटक, खेल लगाएत विविध प्रतिभा प्रस्तुत गरिएको उक्त अभिभावक दिवस कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरको अध्यक्ष सञ्जय खड्काले अभिभावकहरुले विद्यालयलाई असाध्यै माया र साथ दिएको भन्दै आभार व्यक्त गरे । कार्यक्रममा नेपाल पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा, नेसनल प्याव्सन भक्तपुरका सह–कोषाध्यक्ष रत्न बहादुर राई, सदस्य कमल सुवाल,विद्यालय सञ्चालक कमल पौड्याल लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।