काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका युवा नेता तथा ‘घुमौं मधेश, बुझौं मधेश’ का संयोजक विकास ठाकुरले प्रत्येक वर्ष चारदेखि पाँच लाखसम्म पर्यटक मधेशमा ल्याउने घोषणा गरेका छन् । यसअघिका सरकारले मधेशमा अहिलेसम्म कति पर्यटक आए भन्ने डाटासमेत बनाउन नसकेकोले आरोप लगाउँदै ठाकुरले आफूहरुले भने अब काम थालिसकेको बताए ।
प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा ठाकुरले मधेश सबै हिसाबले धनी र सम्पन्न रहेको सुनाए । मधेशको धार्मिक, सांस्कृतिक, पर्यटकीय महत्वलाई अझै बढोत्तरी गर्नेगरि आफूहरुले काम गरिरहेको उनको भनाई छ ।
उनले मधेशपनि पर्यटनको प्रचुर सम्भावना बोकेको प्रदेश भएकोले यसको विकासको लागि आफूहरुको सक्रिय भूमिका र सकारात्मक योगदान रहँदै आएको सुनाए । नेपालको विकासमा ठूलो टेवा पुर्याउने सेवामूलक क्षेत्र पर्यटन भएको भएपनि पर्यटक नेपाल ल्याउन नसकिएको स्विकारे । उनले यसअघिका सरकारले मधेशको समग्र पर्यटनको विकासको लागि कुनै काम नै गर्न नसकेको आरोप लगाए । उनले आफूहरुले अब मधेशलाई घुम्नलायक बनाउने दाबी पेश गरे ।
प्रतिक्रिया