काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) अमृत साइन्स क्याम्पस (अस्कल) ले विश्राम शर्मा पौडेललाई स्ववियु अध्यक्ष पदको उम्मेदवार बनाएको छ । पौडेल अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य एवं अस्कल क्याम्पस इकाइका निवर्तमान अध्यक्षसमेत हुन् ।
अगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । मिनी पार्लियमेन्टको रुपमा हेरिने स्ववियू निर्वाचनलाई माओवादी केन्द्रका नेताहरुले विशेष महत्वका साथ हेरेका छन् । अस्कल क्याम्पसमा अघिल्लो स्ववियू अध्यक्ष अखिल (क्रान्तिकारी) बाटै प्रेम जैसीले जितेका थिए ।
अखिल (क्रान्तिकारी) बाट अस्कल स्ववियूको उम्मेदवार बनेका पौडेल विद्यार्थीको हक हित र गुणस्तरीय शिक्षा आफ्नो मुख्य एजेण्डा रहेको बताउँछन् ।




प्रतिक्रिया