आन्दोलनरत शिक्षकहरुसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न सांसद केसीको माग


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आन्दोलनमा होमिएका शिक्षकहरुको मागप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसलिे यसअघिको आन्दोलनमा सरकार र शिक्षकसँग भएको सहमित तत्काल कार्यान्वयन गर्न माग गरेका हुन् ।

‘लाखौँ शिक्षकसँग गरेको प्रतिबद्धता पालना सरकारले गरोस्, विद्यालय ऐन जारी गरेर १७, १८ थरीको शिक्षक एकीकृत गर्ने काममा लागोस्’, केसीको भनाइ छ ।