काठमाडौं, २७ फागुन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको कांग्रेस र एमालेको दुई तिहाईको बहुमतको घोडा प्रधानमन्त्रीले नभएर विचौलियले दौडाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने,‘तपाईंहरुले गर्ने निर्णय, नियुक्ती र सेटिङ तपाईंहरुले गरेको मैले देखिँदनँ । ती त विचौलियाले गरेका छन् । पछिल्ला ८ महिनामा एउटै नियुक्ती, एउटै निर्णयको पछाडि विचौलिया छैन भनेर भन्न सक्नुहुन्छ ? जम्मा एउटा उदाहरण दिए हुन्छ । सत्ताको ड्राइभिङ सिटमै आज विचौलिया छ । मेरो नेतृत्वको सरकार किन हट्यो भन्ने कुरा मैले पहिल्यै नै व्याख्या गरिसकेको छु ।’ विचौलियाको कारण अहिलेको सरकार भोलि आँफै विचल्ली हुने पनि प्रचण्डले चेतावनी दिए । उनले अहिलेको सरकार संविधानको बलमिच्याँईबाट बनेको पनि दाबी पेश गरे ।




प्रतिक्रिया