स्ववियु निर्वाचन: अनेरास्ववियुको छैटौं जित, संखुवासभा क्याम्पसको सभापतिमा भण्डारी निर्विरोध


काठमाडौं । चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा आज मनोनयन भइरहेको छ । हालसम्म केही क्याम्पसमा निर्विरोध स्ववियु पदाधिकारी चयन भएका छन् ।

सिन्धुपाल्चोक र धादिङका दुई वटा कलेजमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठनले जित हात पार्दा सत्तारुढ दल नेकपा एमालेले छैटौं जित निकालेको छ ।

पाल्पाको माण्डव्य, मुस्ताङको तेजनिरला जनहित बहुमुखी क्याम्पसमा निर्विरोध जितेको अनेरास्ववियुले संखुवासभाको संखुवासभा बहुमुखी क्याम्पस, चैनपुरमा अनेरास्ववियुका चेतन भण्डारी सभापति, अस्मिता डाँगी कोशाध्यक्ष पद सहित बहुमत सदस्य निर्बिरोध निर्वाचित भएको अनेरास्ववियुले जनाएको छ ।

यी हुन हालसम्म एमालेनिकट अनेरास्ववियुले जितेका क्याम्पस

१. माडव्य क्याम्पस पाल्पा, सौगात कोइराला
२. शिक्षा क्याम्पस बैतडी,अकबर चन्द
३. संखुवासभा बहुमखी क्याम्पस, चेतन भण्डारी
४. तेज निरला क्याम्पस मुस्ताङ,अन्जु परियार
५. नवप्रभात क्याम्पस बैतडी, सपना चन्द
६. रामपुर क्याम्पस पाल्पा, अनिषा कोइराला