काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै पनि हालतमा उल्टो दिशमा हिँड्न नसक्ने बताएका छन् । आज कोशी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै गणतन्त्र उल्ट्याएर राजतन्त्त फर्काउनका लािग पछिलला दिनमा भइरहेको प्रयासप्रति लक्षित गर्दै ओलीले सो कुरा बताएका हुन् ।
‘कुनै पनि हालतमा देश पछाडि फर्कन सक्दैन यसका लागि हामीले मदन भण्डारी लोक मार्ग बनायौ । विकास निर्माणका काम थाल्यौ’ उनले भने । प्रदेश सभामा बोल्दै उनले अहिले केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताए ।
उनले भने, ‘अहिले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भनेर भाष्य स्थापित गर्न खोजिएको छ तर यो सत्य होइन ।’
केही वर्षमा कति वर्षमा सम्पन्न नभएका असाधारण काम सम्पन्न गरेको बताए । विकास निर्माणका हिसाबमा दूरगामी दृष्टिकोण प्रस्तुत गरेको दाबी गरे । उनले सिङै नेपाल सुशासन युक्त संवृद्ध बनाउनु पर्ने बताए ।
प्रदेश सभालाई सम्बोधन गर्दै ओलीले नेपालले सगरमाथा सम्वादको तयारीलाई तीव्र पारिएको जानकारी गराएका छ्न । कोशी प्रदेशको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय पक्ष्ँको महत्वबारे प्रदेश सरकारले ध्यान दिनुपर्ने ओलीको भनाई छ ।
“यति धेरै अग्ला हिमाल थुप्रै भए पनि आठ हजार मिटरमाथिका हिमाल पर्यावरणीय हिसाबले महत्त्वपूर्ण छन्,” उनले भने, “नदीहरूको महत्त्व पनि उत्तिकै छ । प्राकृतिक हिसाबले यो उर्वर र ठूलो इकोसिस्टम पैदा गर्ने कोशी प्रदेशमा छ ।”




प्रतिक्रिया