बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, फागुन २८ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन एक लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी दुई हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।