स्ववियु निर्वाचन: नेविसंघले २९ र अनेरास्ववियुले २५ क्याम्पसमा निर्विरोध सभापति जित्दा क्रान्तिकारीले कहाँ-कहाँ जित्यो ? (सूचीसहित)


काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि मंगलबार भएको उम्मेदवारी दर्तामा कतिपय क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

हालसम्म प्रमुख तीन दलका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले विभिन्न क्याम्पसमा निर्विरोध अध्यक्ष जितेको दाबी गरेका छन् ।

विभिन्न संगठनका नेताहरुका अनुसार हालसम्म सत्तारुढ दल नेपाली कांग्रेसनिकटको नेविसंघले २९ क्याम्पसमा अध्यक्ष जित्दा एमालेनिकट अनेरास्ववियुले २५ र माओवादीनिकट क्रान्तिकारीले २१ स्थानमा अध्यक्षसहितका पदाधिकारी जितेका छन् ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालेल आफ्नो संगठनले त्रिविको एउटा आंगिक र २५ वटा सम्बन्धन प्राप्त क्याम्पसमा अध्यक्ष जितेको जाकारी गराएका छन् ।

अनेरास्ववियुले अध्यक्ष जितेका क्याम्पसहरुमा

माडव्य क्याम्पस पाल्पा- सौगात कोइराला
शिक्षा क्याम्पस बैतडी- अकबर चन्द
संखुवासभा बहुमखी क्याम्पस- चेतन भण्डारी
तेज निरला क्याम्पस मुस्ताङ- अन्जु परियार
नवप्रभात क्याम्पस बैतडी- सपना चन्द

मंगला शिक्षा क्याम्पस म्याग्दी- एल्डिस पुन
बझाङमा सेती क्याम्पसको स्ववियु अध्यक्षमा- दिपेन्द्र दौल्याल
दर्छा क्याम्पस रामपुर पाल्पामा- अनिषा कोइराला
मैनापोखर शारदा बहुमुखी क्याम्पस मैनापोखरमा-सागर खत्री

दार्चुलाको लटिनाथ क्याम्पस- रुकेश सिह विस्ट
दार्चुलाको कृष्ण स्नातक क्याम्पस लालीमा- ओमकार पाल
देवदह आदर्श बहुमुखी क्याम्पस-अस्विन न्यौपाने
बाजुरा बुदिनन्दा क्याम्पस- भाष्कर शाही

हिमशिखर बहुमुखी क्याम्पस भेरीगगा- मिना रावत
त्रिभुवन बिश्वबिधालयको आंङ्गिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पस- युवा तिमिल्सिना
धुलिखेल क्याम्पस- स्वागत चापागाईं
कुशादेवि क्याम्पस- मोनिका हुमागाई
जनक क्याम्पस- सन्जिव गिरि

सर्वमगला क्याम्पस- श्रिकृष्ण भट्टराई
तेजगङ्गा क्याम्पस- सुजन सापकोटा
जनआदर्श बहुमुखी क्याम्पस- अनुज न्यौपाने
गुल्मी मादिगाम आदर्श बहुमुखी क्याम्पस- उषा पाण्डे

सिन्धु भ्याली क्याम्पस- सन्दिपा चौलागाईं
धनकुटाको हिले क्याम्पस- बिशाल टिन्टुङ्ग
बर्दिया बहुमुखी क्याम्पस लक्ष्मना- दुर्गा खत्री

कांग्रेस निकटको नेविसंघले हालसम्म ताप्लेजुङको पाथीभरा, पाँचथरको एकताप्पा बहुमुखी क्याम्पस, धनकुटाको गोकुण्डेश्वर क्याम्पस,सिन्धुलीको लम्पान्तर बहुमुखी क्याम्पस, काभ्रेको चैतन्य क्याम्पससहित मंगल जन बिजय, कानपुर क्याम्पस, इन्द्रेश्वर क्याम्पस, प्रकाश बहुमुखी क्याम्पस र पार्वती बहुमुखी क्याम्पस नेविसंघले सभापति जितेको छ ।

त्यस्तै सिन्धुपालचोकको मेलम्ची भ्याली क्याम्पससहित पाँचपोखरी क्याम्पस, जलबिरे उपत्यका क्याम्पस, अरनिको क्याम्पस, ककलिङ्ग होरोसिथी क्याम्पस र जुगल क्याम्पस, स्याङ्जाको मालुङगा बहुमुखी क्याम्पस, गुल्मीको चन्द्रकोट बहुमुखी क्याम्पस, मानका टीकाराम बहुमुखी क्याम्पस, रुरु संस्कृत विद्यापिठ, जनज्योत बहुमुखी क्याम्पस सत्यवती बहुमुखी क्याम्पस, रेसुंगा बहुमुखी क्याम्पस, बर्दियाको चुरे क्याम्पस र सदाशिव बहुमुखी क्याम्पस सल्यानको कपुरकोट बहुमुखी क्याम्पस, मुगुको श्री चन्र्देव हिरा सरेन्द्र पूर्ण क्याम्पस, हुम्लाको मनश्वरार भूमुखी, सुर्खेतको गुर्भाकोट बहुमुखी क्याम्पस, अछामको त्रिपुरा सुन्दरी क्याम्पस दार्चुलाको अपिनाम्पा र राष्ट्रिय क्याम्पस तथा कञ्चनपुरको श्रीकृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा नेविसंघले सर्वसम्मत सभापति जितेको छ ।

अखिल (क्रान्तिकारी. २१ क्याम्पसमा अध्यक्षमा निर्विरोध निर्वाचित भएको छ । अरूको उमेदवारी नपरेपछि वा फिर्ता लिएपछि विभिन्न क्याम्पसमा निर्विरोध निर्वाचित हुने क्रम जारी छ ।

अखिल क्रान्तिकारीबाट स्ववियु अध्यक्षमा कुन क्याम्पसमा को निर्वाचित भए ?

१. जुगल बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ
२. सितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम – प्रकाश डाङी
३. नेत्रावती सामुदायिक क्याम्पस, धादिङ – अभिषेक थपलिया
४. शान्ति आदर्श बहुमुखी क्याम्पस, बझाङ – बम धामी
५. राडी ज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम वली
६. सूर्योदय क्याम्पस, हुम्ला – रिमिलाल बुढा
७. सिम्रुतु क्याम्पस, रुकुम पश्चिम – दिपेन्द्र ओली
८. गल्बा क्याम्पस, हुम्ला – रिमिलाल बुढा
९. शंकरपुर क्याम्पस, पस्ती दार्चुला – जानकी टमटा
१०. सहयोगी क्याम्पस, काठमाडौं – प्रदीप श्रेष्ठ
११. श्रीकृष्ण क्याम्पस, काभ्रे – सविन श्रेष्ठ
१२. सञ्जीवनी क्याम्पस, काभ्रे – दिपक राना मगर
१३. प्रभा क्याम्पस, काभ्रे – सुजन चौलागाईं
१४. आदर्श जनता क्याम्पस, सर्लाही – रेबेन्द्र दाहाल
१५. बनगार्ड क्याम्पस, सल्यान – जीवन विष्ट
१६. सिद्ध पृथ्वी जनता क्याम्पस, दाङ – सुदीप चौधरी
१७. सिंजा बहुमुखी क्याम्पस, जुम्ला – सन्तोष आचार्य
१८. सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – वीरभान भण्डारी
१९. स्यार्पु बहुमुखी क्याम्पस, पश्चिम रुकुम – टेकराज विश्वकर्मा
२०. रोल्पा नमुना क्याम्पस – ओनसरी घर्तीमगर
२१. लिकु संयुक्त क्याम्पस, डोल्पा – राजेन्द्र गिरी