नेविसंघ तनहुँको समानान्तर समिति विघटन


काठमाडौं, २८ फागुन । नेपाल विद्यार्थी संघ (नेविसंघ) तनहुँको शेखर समूहअन्तर्गत गठन भएको समानान्तर समिति विघटन भएको छ । नेविसंघ तनहुँका जिल्ला अध्यक्ष आशिष कैनीको नेतृत्वमा संगठनलाई एकीकृत गर्दै अगाडि बढाउने निर्णय भएको हो । शेखर समूहका प्रतिनिधि सोन आलेले जिल्ला अध्यक्ष आशिष कैनीलाई समाहितपत्र बुझाइसकेका छन् ।

संगठनभित्र एकता कायम गर्दै आगामी गतिविधि अघि बढाउने उद्देश्यका साथ समितिलाई समाहित गरिएको जिल्ला अध्यक्ष कैनीले बताए । स्ववियु निर्वाचनलाई प्रभावकारी बनाउन संगठनलाई एक ढिक्का बनाउँदै अगाडि बढ्ने लक्ष्य रहेको नेविसंघले बताएको छ ।