व्यवस्था मान्दैनौं भन्ने लिङ्देन र शाहीले सांसद पदबाट राजीनामा दिँदा उपयुक्त हुने तरुण अध्यक्ष गुरुङको सुझाव


काठमाडौं, २८ फागुन । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अब बन्ने चितवन तरुण दलका अध्यक्षले जिल्लामा पार्टीले गुमाएको सिट फर्काउन सक्नुपर्ने बताएका छन् । मंगलबा चितवनमा महानगर समितीद्वारा आयोजित पुर्णकालीन सदस्यता वितरण कार्यक्रममा अध्यक्ष गुरुङले यस्तो बताएका हुन् । उनले पाचौं महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने पनि बताए ।

विभिन्न दलहरु अहिले अनेक बहानामा षड्यन्त्र गरिरहेको बताउँदै उनले सतर्क अवस्थामा रहन तरुणहरुलाई निर्देशन दिए । अध्यक्ष गुरुङले पूर्व राजा ज्ञानेद्र आफैं ननिक्लिएको उनको भनाइ छ । वर्तमान संघीय गणतन्त्रमा संसद् छिरेर शपथ खाने, तलबभत्ता खाने र त्यसपछि यो व्यवस्था मान्दैनौं भनेर राजेन्द्र लिंगदेन र ज्ञानेन्द्र शाहीले बुकुर्सी मारिरहेको उनले बताए । उनीहरुलाई सांसद पदबाट राजीनामा दिन अध्यक्ष गुरुङले सुझाव दिए ।

जिल्लाको हरेक तहमा नव उर्जावान तरुणहरुसम्म पुर्णकालिन फाराम भरी केन्द्रमा पठाउन अध्यक्ष गुरुङले निर्देशन दिए । अध्यक्ष गुरुङले नजिकिँदै गएको स्ववियु चुनावमा नेविसंघको उम्मेद्वारलाई जिताउन तरुणहरुले भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा भरतपुर महानगर तरुण अध्यक्ष चित्रबहादुर राणालाई अध्यक्ष गुरुङले पुर्णकालीन फाराम हस्तान्तरण गरे । कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय सदस्य निर्मल पौडेल ,घनश्याम पौडेल (श्याम), दीपक अधिकारी ,सरिन घिमिरे, काङ्ग्रेस चितवन जिल्ला सभापती राजेश्वोर खनाल ,पूर्व पार्टी सभापती विकास कोइराला एवं तरुण दल चितवन जिल्ला अधिवेशन संयोजक राजन ताम्राकारलगायतका आतिथ्यता र उपस्थिति रहेको थियो ।