वुमन्स डे कप क्रिकेट: नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य


काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप क्रिकेटअन्तर्गत नेपालले आफ्नो चौथो नामिबियाबाट १२६ रनको लक्ष्य पाएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो । नामिबियाकी यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् ।

बलिङमा नेपालकी ईश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन् । रचनाकुमारी चौधरीले २, रिया शर्मा र कप्तान इन्दु बर्माले एकएक विकेट झारे ।

यसअघि नेपाल पहिलो खेलमा नामिबियासँगै ६ विकेटले पराजित हुँदा दोस्रो खेलमा युगाण्डालाई १ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल हङ्कङसँग २ रनले स्तब्ध भएको थियो ।

अब नेपालले भोलि युगान्डासँग र १ गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।