काठमाडौं । नेकपा एमालेमा सांसद हेमराज राईले राजतन्त्र हटिसकेको देशको संसद्मा राजा शब्द प्रयोग गरिएको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद राईले सो माग गर्दै सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने माग गरेका छन् ।
‘नेपालमा अहिले राजा छैनन्, तर हिजो सदनमा कतिपय माननीयले राजा र राजाको सन्देश आदि पदावली प्रयोग गर्नुभएको छ । यो असंवैधानिक पदावली सदनको रेकर्डबाट हटाउन माग गर्छु’, सांसद राईले भने ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा एमाले सांसद सूर्य थापाले पनि संसद्भित्र राजा उच्चारण नगर्न रूलिङ गर्नुपर्ने बताएका थिए ।




प्रतिक्रिया