काठमाडौं, २८ फागुन । नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशको प्रथम प्रदेश सम्मेलनमा महामन्त्री गगनकुमार थापाले सम्बोधन गरिरहेका थिए । गत सोमबार आयोजित सो कार्यक्रममा उनले आगामी निर्वाचनबाट कांग्रेसले ५ वर्ष देशको शासन गर्ने गरी बहुमत ल्याउनुपर्ने बताउँदै थिए । उनले पार्टीको आन्तरिक विषयमा धेरै कुरा नगर्ने बताउँदै समयमा महाधिवेशन हुने वा नहुने कुरा तल्लो तहका कार्यकर्ताको हातमा नै रहेको बताए । महामन्त्री थापा बोल्दाबोल्दै माइकको लाइन काटिन्छ ।
त्यसपछि महामन्त्री थापा ‘एकछिन्, एकछिन्, एक छिन् दिनुस्’ भन्दै आग्रह गर्छन् । होहल्ला सुरु हुन्छ । महामन्त्री थापाले ‘दुई मिनेट, मैले सभापतिजीलाई अनुरोध गरेको छु’ भन्दै पुनः आग्रह गरे । त्यसपछि उनलाई दुई मिनेटको समय प्रदान गरिन्छ । सो कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवासमेत सहभागी थिए ।




प्रतिक्रिया