काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नेपालमा लगानीमैत्री र आर्थिक व्यवसायिक वातावरण राम्रो नभएको बताएका छन् ।
बुधबार आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विरोधको सूचनाहरु पेश गर्दै उनले सो टिप्पणी गरेका हुन् । सत्तामा बस्नेले जतिसुकै गफल गरेपनि नेपालमा त्यस्तो नभएको उनको भनाइ छ ।
‘सत्तामा बस्ने साथीहरुले गफ गर्नुहुन्छ । आर्थिक विकास र समृद्धिको तर, सत्तामा बस्नेले त गफ गर्नैपर्यो । राम्रो छ भनेर जतिसुकै गफ गरेपनि नेपालमा व्यवसायिक वातावरण बिग्रदै गएको छ । राम्रो हुँने अवस्था छैन’उनले भने ।




प्रतिक्रिया