काठमाडौं, २८ फागुन । सरकारले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । आज (बुधबार) सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गत चैत २६ गते बसेको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गरेका हुन् ।
सरकारले स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने २५ करोड, ५० लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने, आगामी चैतको २५ र २६ मा थाइल्याण्डकको बैंककमा सञ्चालन हुने आईडीआई एडीबी लिडरसीप फोरमको कार्यक्रममा सहभागिताका लागि महालेखापरीक्षक तोयम रायालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, चैत १५ देखि १७ सम्म माल्टामा आयोजना हुने कार्यक्रममा सहभागी हुन उद्योग, बाणिज्य एवं आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्वीकृति प्रदान गरिएको छ । चैत १२ देखि १३ गतेसम्म जर्मनीको बर्लिनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गरिएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ को बाँकी अवधिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालन उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, काठमाडौँका लागि अधिकृतस्तरका आठ पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि भएको छ ।







प्रतिक्रिया