काठमाडौँ, २९ फागुनः कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष नेपाल विद्यार्थी संघबाट दीपकराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी नेविसंघबाटै सचिवमा आश्विन दवाडी र कोषाध्यक्षमा सगुन कँडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचीमा नेविसंघसँगै अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी समूहलगायतका उम्मेदवारहरु रहेका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १ सय ४६ मतदाता छन् ।
आज साँझ ४ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र फिर्ता लिने समयावधि तोकिएको तथा आजै साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ । त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारको समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि तोकेको छ । स्ववियु निर्वाचनमा आगामी चैत ५ गते त्रिवि अन्तर्गतका क्याम्पसमा हुँदैछ ।




प्रतिक्रिया