काठमाडौं, २९ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले देश बनाउनको लागि युवा पुस्ताले हस्तक्षेप बढाउनुपर्ने बताएका छन् । प्राइम टिभीको फागु उत्सव कार्यक्रमलाई आज (बिहीबार) पाटन दरबारस्क्वायरमा सम्बोधन गर्दै धमलाले देशको बागडोर नै युवाहरुको हातमा रहेको भन्दै अग्रणी भूमिका निर्वाह गर्न सुझाए ।
उनले देशमा व्याप्त रहेको भ्रष्टाचार निर्मुल पार्नुपर्ने धारणा राख्दै भ्रष्टाचारीलाई कारबाही गर्न युवा सडकमा आउनुपर्ने पनि आह्वान गरे । देशको आमूल परिवर्तनको लागि अब युवाहरु जाग्नैपर्ने धमलाको भनाई छ।




प्रतिक्रिया