काठमाडौं, १ चैत । इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा प्रकाश धामीले सभापतिका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । धामी सिभिल चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।
उनको प्रमुख एजेण्डाहरुमा सबल कक्षा,बलियो सिकाइको आधार भन्ने मूल नाराका साथ कक्षाकोठा वान स्टप सोलुसनको नयाँ अवधारणा रहेका छन् । उनले आफूले विगतका वर्षहरूमा विद्यार्थीहरूका लागि सेवामा समर्पित हुँदै सबै विद्यार्थीहरूलाई प्रभावित पार्ने र विद्यार्थी आन्दोलनलाई नै नयाँ सन्देश दिने काम गरेको बताए ।
आफ्नो नेतृत्वको स्ववियूमार्फत् उत्कृष्ट कार्यसम्पादन गर्दै विद्यार्थी शैक्षिक जीवनमा प्राण भर्ने चाहना रहेको उनले बताए । उनी एजेण्डाकै बलमा आफू चुनाव जित्ने दाबी गर्छन् ।




प्रतिक्रिया