काठमाडौं, १ चैत । झापामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । कनकाइ नगरपालिका–४ कोटीवनमा १९ वर्षीय मिकेश चौधरीले हिजो (बिहीबार) दिउँसो आत्मदाहको प्रयास गरेका हुन् ।
उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनको उद्धार गरी विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको लागि पठाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि चौधरीलाई विराटनगर लगिएको बताइएको छ । हाल उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।
चौधरी र उनकी प्रेमिकाबीच विवादको क्रममा उक्त घटना घटेको बताइएको छ । विवादको क्रममा उनले आफ्नी प्रेमिकालाई पनि आगो लगाइदिने प्रयास गरेका थिए । तर, उनकी प्रेमिकाले भागेर आफ्नो ज्यान बचाएकी थिईन् । अहिले उनकी प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सांकेतिक तस्वीर




प्रतिक्रिया