पार्टीले भन्दैमा म र रवीन्द्र मिश्रजी नवराज सुवेदीको नेतृत्वमा बनेको समितिबाट ब्याक हुँदैनौं : जबरा


काठमाडौं, ६ चैत्र । राप्रपाका महामन्त्री धवलशमशेर जबराले नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिबाट आफू अलग नहुने स्पष्ट पारेका छन् । पार्टीले आफ्नै नेतृत्वमा राजसंस्था फर्काउने आन्दोलन गर्ने निर्णय गरेको छ । राणाको जिम्मेवारीपनि खोसेको छ । तर, पार्टीले भन्दैमा आफू सुवेदीको नेतृत्वमा रहेको समितिबाट अलग नहुने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले भने,‘म र रवीन्द्र मिश्रजी नवराज सुवेदीज्यूको नेतृत्वमा बनेको जनआन्दोलन परिचालन समितिमा छौं । रवीन्द्रजी सदस्य सचिव र आन्दोलन परिचालन समितिको संयोजकमा म छु । अब पार्टीले भन्दैमा ब्याक हुँदैनौं । त्यो समितिको नेतृत्वमा आन्दोलन हुन्छ । नवराज सुवेदीले नै राजसंस्था फर्काउने आन्दोलनको अगुवाई गर्ने हो ।’