काठमाडौं, ६ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केन्द्रीय समिति बैठक बोलाएकी छन् । पार्टी एकीकरणलगायत विभिन्न विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । बैठक आगामी चैत ८ र ९ गते मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बस्ने भएको छ ।
बैठकमा उपस्थित हुन पाउनेहरुमा पार्टीका संरक्षक जेलमा हँदा बनेका केन्द्रीय सदस्यहरु, पार्टीबाट निर्वाचित संघ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरु, प्रथम महाधिवेशनबाट निर्वाचित सम्पुर्ण केन्द्रीय सदस्यहरु, संस्थापक केन्द्रीय सदस्यहरु रहेका छन् ।
नाउपा र डा. सिके राउत नेतृत्वको जनमत पाटीबीच एकताको प्रक्रिया अगाडि बढिसकेको छ ।




प्रतिक्रिया