काठमाडौं, १२ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले अहिलेको कांग्रेस–एमालेको सरकारमाथि लाग्दै आएको आरोप कुलमान घिसिङलाई बर्खास्त गरेसँगै पुष्टि भएको टिप्पणी गरेका छन् ।
उनले अहिलेको सरकारलाई भ्रष्टाचारी सरकारको संज्ञा दिए । भ्रष्टाचारी सरकारले सदाचारीको पहिचान बनाएका कुलमानलाई कारबाही गर्दा अहिले प्रतिगमनकारी हर्कतको आगोमा अझ घ्यु थपेको किरातीको टिपपणी छ । उनले सरकारको पछिल्लो निर्णयले जनता आक्रोसित भएको पनि बताए ।
प्रेमकुमार राई रानोहोँछा स्मृति प्रतिष्ठानको आज भोजपुर ओख्रेमा शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब यस्तोप्रकारको बेथिति जनताले टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिए । उनले श्रीलंकामा राष्ट्रपतिको निवास जनताले कब्जा गरेपछि राष्ट्रपति राजापाक्षे र बंगलादेशका शेख हसिना देश छोडेर भाग्नुपरेको घटना स्मरण गर्न पनि वर्तमान सरकार नेतृत्वकर्तालाई चेतावनी दिए ।
उनले भने,‘प्रधानमन्त्री केपी ओलीजी सुखी नेपाली र समृद्ध नेपाल बनाउन विरोधीले दिएन भन्नुहुन्छ, तर काम गर्ने र परीणाम दिने कुलमानजस्तो मान्छेलाई बर्खास्त गर्ने काम गर्नुहुन्छ, भ्रष्टाचारी र दूराचारीलाई मात्र वरिपरि राखेर कसरी सुखि र समृद्ध नेपाल बन्छ ?’




प्रतिक्रिया