काठमाडौं, १३ चैत । सिरहाको औरही–५ का दीपक मलिक (डोम) को घर भत्काउने कार्यमा पार्टीका गाउँपालिका अध्यक्ष जोडिएको घटनाप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले माफी मागेका छन् । बस्नेतले उक्त घटनाबारे पार्टीको नाम जोडिएकोमा माफी माग्दै स्वतन्त्र, निष्पक्षरुपमा छानबिन गरी दोषीउपर कानूनी कारबाही र पीडितलाई न्यायको मागसमेत गरेका छन् ।
‘पछाडि परेका, पछाडि पारिएका जाति, वर्ग, समुदायको प्रतिनिधित्व र नेतृत्व गर्ने तथा सबैखाले विभेद र अन्यायको विरुद्ध निरन्तर लडिरहेको पार्टी सदस्यबाट जातीय विभेदको यो हदसम्मको हर्कत क्ष्यम्य हुन सक्दैन । घटनाको स्वतन्त्र, निष्पक्षरुपमा छानबिन गरी दोषीउपर कानूनी कारबाही र पीडितलाई न्यायको माग गर्दछु । साथै यस घटनाप्रति पार्टी सदस्यको हैसियतले पीडितसँग दिलैदेखि माफी चाहन्छु,’– उनले भनेका छन् ।
सिरहाको औरही–५ का दीपक मलिक (डोम) को घर भत्काउन गाउँपालिका अध्यक्ष जेसीबीसहित आफैं गएको र घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेको भन्ने सुन्दा उनले आफ्नो आङ सिरिङ्ग भएको बताएका छन् ।




प्रतिक्रिया