काठमाडौं, १४ चैत । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको १०औं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी प्राज्ञिक विद्यार्थी समाजले १०औं अधिवेशन चितवनको भरतपुरमा सम्पन्न भएको जानकारी गराएको हो । अधिवेशनले विभिन्न प्रस्तावहरु पनि पारित गरेको छ ।
गत चैत २ देखि ४ गतेसम्म भएको उक्त अधिवेशनले डा.दयाराम भुषालको अध्यक्षतामा ९० सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेको हो । प्राज्ञिक विद्यार्थी संघका महासचिव दिनेश कार्की चयन भएका छन् ।
प्राज्ञिक विद्यार्थी समाजले नेपालमा विगत ३० वर्षदेखि समग्र शिक्षा क्षेत्रको सुधार, शिक्षामा संस्कार, असल व्यक्ति निर्माण र दलीय राजनीति मुक्त शिक्षाको परिकल्पनाको साथ काम गरिरहेको छ ।




प्रतिक्रिया