काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य बहादुर थापा क्षेत्रीले दुर्गा प्रसाईं आफ्नो देशी तथा विदेशी मालिक खौज्दै भौतारिरहेको होला भन्ने आशंका गरेका छन् । उनले प्रसाईंलाई उन्मादी पाल्तु घोडाको संज्ञा दिएका छन् । उनले प्रसाईं भागेर कहाँ बेपत्ता भयो होला भन्ने सवालमा यस्तो लेखेका हुन् ।
प्रसाईं पटक-पटक धरौटीमा छुटेको साइबर अपराधी रहेको र अहिले त निजी तथा सार्वजनिक सम्पत्तिमा ढुंगा प्रहार, तोडफोड, आगजनी र लुटपाट गराउने जल्लाद एवं क्रुर अपराधी भएको थापाले आरोप लगाएका छन् ।
थापाले फेशबुकमा लेखेका छन्–
उन्मादी पाल्तु घोडा दुर्गा प्रसाईं भागेर कहाँ बेपत्ता भयो?सायद आफ्ना देशीविदेशी मालिक खोज्दै भौतारिरहेको होला। ऊ जे थियो, त्यही ग–यो। बैकको ऋण लिएर नतिर्ने ठग थियो, मुद्दा खेपिरहेको र पटकपटक धरौटीमा छुटेको साइबर अपराधी थियोे र निजी तथा सार्वजनिक सम्पत्तिमा ढुंगा प्रहार, तोडफोड, आगजनी र लुटपाट गराउने जल्लाद एवं क्रूर अपराधी भयो।
ऊ नहत्था र कर्तव्यपरायण पत्रकारलाई जिउँदै आगोमा पोलेर हत्या गर्ने आततायी हत्यारामा दर्ज भएको छ र आफुले आह्वान गरेको कथित आन्दोलनको जिम्मेवारी लिन नसकी सुइकुच्चा ठोक्ने÷भाग्ने कायर र लाचार भगौडाका रूपमा बदनाम बन्यो।
खासमा ऊ जनताले जंगलबास धपाएर सुरक्षित राखेको निरंकुश तानाशाही प्रेतको भुत्ते खुकुरी बन्यो र खेर गयो। यसको आन्दोलनले इतिहासको चिहानमा पुगिसकेको भतुवा राजतन्त्र फर्किने, विदेशीको बुई चढेर व्यापारी ज्ञानेन्द्र शाह राजा हुने, दुव्र्यसनी पारस युवराज र पछि राजा हुने दिन देख्न नेपाली स्वाभिमान पर्खिरहेको ठान्ने दुष्ट र पटमुर्खहरूलाई सचेत नागरिक र देशभक्त नेपालीहरूले किमार्थ माफी दिने छैनन्। यी केही व्यक्ति माफी दिन लायक पनि छैनन्।
गृहमन्त्री लेखकको कार्यक्षमता छिटोभन्दा छिटो देखियोस्!




प्रतिक्रिया