काठमाडौं, १७ चैत्र । तिनकुनेको प्रदर्शन हिंसामा परिणत गराएको आरोप लागेका दुर्गा प्रसाईंले आफू काठमाडौंमै रहेको जानकारी गराएका छन् । उनले शुक्रबारको प्रदर्शनमा आफूलाई मार्ने योजना बनेको थाहा पाएपछि आफूले सुरक्षाकर्मीको घेरा तोडेको स्पष्टीकरण दिएका छन् । सो क्रममा उनले प्रहरी प्रशासनसँग भने माफी मागेका छन् ।
भिडिओ जारी गर्दै प्रसाईंले भनेका छन्–‘‘मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो, मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’ उनले आफूहरुले चैत्र १५ गतेको कार्यक्रम जनविद्रोह भएको बताए ।
कार्यक्रम भएको दिनको विहानैदेखि युवा संघका केही व्यक्तिहरु र प्रहरी प्रशासनका केही व्यक्तिहरु सिभिल ड्रेसमा हातहतियारसहित निजी घरमा पुगेर घट्ना घटाएको आरोप लगाएका छन् । उनले आफूहरुलाई स्टेज नै पुग्न नदिएपछि आफूहरु अघि बढेको सुनाए ।उनले आफूजति प्रहरीलाई माया गर्ने मान्छे अरु कोहीपनि नभएको बताएका छन् ।




प्रतिक्रिया