काठमाडौं, १७ चैत्र । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अहिले नेपालमा व्यवहारमा लोकतन्त्र नभएर दलतन्त्र हाबी भएको टिप्पणी गरेका छन् । अहिले लोकतन्त्र र संसदीय सर्वोच्चता हराएको उनको टिप्पणी छ । रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् ।
उनले भने,‘हिजो हामी लोकतन्त्रको लागि जसरी लड्यौं, अहिले लोकतन्त्र छ ? जनताको सर्वोच्चता यसैलाई भन्छौं ? नेपालमा निर्वाचित संस्थाको सर्वोच्चता छ ? निर्वाचित संस्था माथि नै छ त ? म भन्छु–अहिले पार्टीको हैकम छ । देश कसले चलाएको हो ? पार्टीभित्र पनि गुट आउँछ । सांसद भनेको पार्टीको कारिन्दा हो । अहिले लोकतन्त्रको मजाक बनाईयो । हिजो लडेर ल्याईएको परिवर्तन र बदालव उल्टाईयो, लोकतन्त्रको ठाउँमा दललतन्त्र बनाईइो । राष्ट्रियताको लागि लडेका थियौं, विदेशीलाई नागकिरता दिने नाँगै राष्ट्रघात भयो । संघीयताको नाममा ७६१ को दुनियाँमा नभएको तीन तहको सरकार बनाईयो । अल्पसंख्यकको लागि लडिएको थियो, अहिले शासकलाई पोसियो । प्रतिष्पर्धाको लागि लडेका थियौं, सिण्डिकेट बनाईयो ।’
उनले नेताहरुको शासनलाई गणतन्त्र भनेर भ्रम बनाईएको भन्दै आलोचना गरे । उनले भने,‘जनता देशको मालिक भएका छैनन् । कांग्रेस र एमालेले निर्वाचनको प्रतिबद्धता उल्लंघन गरेका छन् । कुन कानूनले कांग्रेस र एमालेको सरकार बनाउनुभयो ? तपाईंहरुलाई कानून लाग्दैन ? दुनियाँमा नभएको जात्रा नेपालमा भैरहेको छ, सबैलाई थाहा छ अहिलेको क्याविनेट सिस्टममा प्रधानमन्त्री भनेको अल नि वान हो, तर प्रधानमन्त्रीमाथि अख्तियार लाग्दैन् ।’
उनले हिजो राजाको पालामा समेत सभा तथा सम्मेलन गर्ने ठाउँहरु छुट्याईएको भएपनि अहिले जनताले सभा गर्ने थलो नभएकोमा आक्रोश पोखे । उनले भने,‘केपी ओली सभा गर्नुपर्यो भने एउटा सडकमा गर्नुहुन्छ, प्रचण्डजीले गर्नुपरे अर्को सडकमा गर्नुहुन्छ, तर जनताले कहाँ सभा गर्ने ?’ उनले कांग्रेस र एमाले दुवै दलमा ओरिजलन नेताको भ्यालु नभएको र खाली पहुँच भएकाहरुको मात्रै बोलवाला रहेको टिप्पणी गरे ।
सो अवसरमा उनले क्लबलाई सञ्चार क्षेत्रको सम्मानित संस्था भएको र यसको नेतृत्व ऋषि धमला आँफैमा ब्राण्ड भएको बताए । उनले भने,‘गतिशिलिता नाम हो ऋषि धमला, निश्पक्षताको पहिचान हो ऋषि धमला । सम्मान स्थापित गर्नुभएको छ, त्यसमा आदर गर्न चाहन्छु । यो उचाईं अझै बढोस ।’ साहले नेपालको परिवर्तनमा क्लबले ठूलो भूमिका निर्वाह गरेको भन्दै अहिले मुलुकसामू देखिएको संकट निवारणमा पनि क्लब र नेतृत्वले भूमिका खेलोस भन्ने शुभकामना दिए । गत शुक्रबार तिनकुनेमा निधन भएका पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गरेर र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरे ।




प्रतिक्रिया