काठमाडौंमा बालेन आतंक अन्त्य भएको छ : महेश बस्नेत


काठमाडौं, २१ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले काठमाडौंमा मेयर बालेन शाहको अन्त्य भएको टिप्पणी गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउने र प्रवेश गराउनुपर्ने भन्दै आज विहान महानगरमा तनाव सिर्जना भएको थियो ।

तर, उपमेयर सुनिता डंगालको अगुवाईमा प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंलाई प्रवेश गराईएको छ । यही सन्दर्भमा नेता बस्नेतले यस्तो टिप्पणी गरेका हुन् ।

उनले फेशबुकमा लेखेका छन्–‘बालेनले आफ्नै महानगरको प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा लगाएको ताला उनकै कर्मचारीले बालेन द्वारा अबरोध गर्न पठाएका नगर प्रहरीको घेरा तोडेर खोलेका छन। काठमाडौँमा बालेन आतंक अन्त भएको शुभारम्भको प्रतिकका रुपमा यो घटनालाई लिन सकिन्छ।’