चैत्र २४ भक्तपुर । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पदक पाउन सफल भक्तपुरको एक अब्बल विद्यालयको रुपको परिचित मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा “सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम–२०८१” करिब ५६३ जना अभिभावकहरुको उपस्थितिमा चैत्र २३ गते भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न “सम्मान तथा प्रतिभा प्रस्तुतिकरण कार्यक्रम(२०८१” मा मन्त्री थापाले मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विविध उत्कृष्ट कार्यक्रमहरु गर्दै आएको भन्दै प्रशंसा गरेका थिए । मदरल्याण्ड स्कुलको २० वर्षको यात्रामा स्कुलले गरेको अनवरत मिहिनेतले गर्दा उत्कृष्ट विद्यालयको रुपमा उभिन सकेको व्यक्त गर्दै शैक्षिक वर्ष २०८१ मा विविध विधामा सर्वोत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा सूर्यविनायक वडा ७ का अध्यक्ष, नगरका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले सुर्यविनायक नगरपालिकाको पूर्वी भेगमा रहेको मदरल्याण्ड स्कुलले पढाईमा मात्र नभएर विविध विशिष्ट किसिमका कार्यक्रम गर्दै विद्यार्थीहरुको क्षमता प्रस्फुटन गराउन सफल भएको बताए । साथै उनले नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालय दुवैको शैक्षिक गुणस्तरको स्तरोनन्ति गर्न लागि परेको बताए । उक्त कार्यक्रममा सूर्यविनायक वडा नं ८ का वडाध्यक्ष पुष्पराज वस्नेतले मदरल्याण्ड स्कुलको गतिविधि एवं विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि गरेका फरक क्रियाकलापले भविष्य निर्माणमा टेवा पुराएको भन्दै खुशी व्यक्त गरे ।
कार्यक्रममा नेशनल प्याव्सनका भक्तपुरका सल्लाहकार एवं ईप्सन अध्यक्ष जिबी खड्का, सल्लाहकार विक्रम ढुकुछु, नेपाल पत्रकार महासंघको बागमती प्रदेश कोषाध्यक्ष संजिव घिमिरे, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, नेसनल प्याव्सन भक्तपुरका कोषाध्यक्ष विक्रम थापा लगायतले सम्मान तथा पुरस्कार वितरण गरी मदरल्याण्ड स्कुलको प्रसंशा गर्दै सफलताको शुभेच्छा प्रदान गरेका थिए ।
प्रसिद्ध उत्प्रेरक डा.रविन कटवालले अभिभावक र विद्यार्थीहरुलाई शिक्षाको महत्व दर्शाउँदै उत्प्रेरणा दिए । त्यसै गरी कल्पवृक्ष एडुकेशनकी डाइरेक्टर एवं मदरल्याण्ड स्कुलकी कन्सल्टेन्ट प्रतिक्षा गौतमले तालिम लिने शिक्षकहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै कक्षा यूकेजीका विद्यार्थीहरुलाई दीक्षित गरे । कार्यक्रममा मदरल्याण्ड स्कुलकी अफिसियल कोरियोग्राफर सुमी वानियाले मिस एण्ड मास्टर लिटिल स्टार २०८१ सिजन २ का वीनर र विजेता विद्यार्थीहरुलाई छात्रवृति सर्टिफिकेट प्रदान गरिन् ।
विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति र आगामी कार्य योजना उल्लेख गरेका थिए । खड्काले शैक्षणिकमा मात्र हैन हरेक विधामा विद्यार्थीहरुलाई सहभागी गराउनु पर्ने तर्क राख्दै विद्यालयमा प्रि–स्कुलमा पूर्ण रुपमा पाठ्यपुस्तक फ्रि गरिएको, स्कुल हेल्थ नर्स राखिएको, विद्यालयलाई प्रविधिसँग जोडिएको, सबै खेलमा विद्यार्थीको चाहना अनुसार सहभागी गराउने साथै बोल्ने र व्यक्तित्व विकासको लागि कार्यक्रम राखिएको बताए ।
हरेक क्षेत्रमा अब्बल बनाउन आफू लागि परेको हुनाले अभिभावकहरुको अझ मजवुद साथ चाहिएको बताए । उनले बालबालिकालाई समय सापेक्ष शिक्षा प्रदान गर्न र विविध क्षमता प्रदर्शनमा मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै गएको धारणा राखे । कार्यक्रममा मदरल्याण्ड स्कुलको लागि नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक भित्र्याउने ५५ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । शैक्षिक वर्ष २०८१ मा वर्षभरि विविध विधामा उत्कृष्ट हुने १३ विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कक्षागत उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिनुको साथै प्रिस्कुलबाट अपग्रेड हुने सबै विद्यार्थीहरुलाई कक्षा स्तरोन्नति सम्मान गरिएको थियो । साथै प्रसिद्ध परामर्शदाता डा.रविन कटवाल, ईसिडी ट्रेनर प्रतिक्षा गौतम, नमस्ते टिभीका प्रबन्धक ऋषिकेश श्रेष्ठ र कोरियोग्राफर सुमी बानियालाई विद्यालयले प्रशंसा पत्र प्रदान गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्यहरु, समया सापेक्ष विविध प्रस्तुति, गीत तथा नाटकका साथै विद्यार्थीहरुले मार्सल आर्टका डेमोसमेत प्रस्तुत गरेका थिए । विद्यालयकी सञ्चालिका एक्ज्यूकेटिभ हेड शर्मिला देउजाले प्रमुख अतिथि एवं अतिथि लगाएत पत्रकारहरुलाई मायाको चिनो प्रदान गर्नु भएको सो कार्यक्रम वरिष्ठ संचारकर्मी तथा नृत्य निर्देशक ऋषिकेश श्रेष्ठले सञ्चालन गरेका थिए ।












प्रतिक्रिया