ओली र प्रचण्ड कांग्रेसको पछि लागेर केही गर्न नसकेको झलनाथ खनालको दाबी


काठमाडौं, २६ चैत्र । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले केही पनि काम गर्न नसक्ने ठोकुवा गरेका छन् । उनले कांग्रेसको पछि लागेर देशमा सुधारको कार्यक्रम ल्याउन नसकिने भन्दै प्रधामन्त्री ओलीको आलोचना गरेका हुन् ।

आज (मंगलबार) कोशी प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि केही गर्न नसकेको दाबी गरे । प्रचण्डपनि कांग्रेसकै पछि लागेकोले केही सुधार र ठोस काम गर्न नसकेको उनको भनाई छ । अहिलेका प्रधानमन्त्री ओलीले कांग्रेसको बुईं चढेर म्याउम्याउ गर्ने गरेको भन्दै कांग्रेसको सहमतिबिना अघि बढ्नै नसकेको खनालको आरोप छ ।