काठमाडौं, २७ चैत्र । भारतका प्रभावशाली नेता केसी त्यागीले भारत नेपाललाई हिन्दूराष्ट्र बनाउन नचाहेको स्पष्ट पारेका छन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने,”भारत आँफै हिन्दूराष्ट छैन, भारतले किन नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहन्छ र ? नेपाल अहिले सेकुलर राष्ट छ, नेपालको संविधानको ढाँचामा केही परिवर्तन गर्ने हाम्रो कुनै प्रयास छैन् ।”
अर्का नेता सुधिन्द्र भदौरियाले नेपालमा ठूलो त्याग र तपस्यापछि अहिलेको परिवर्तन र लोकतन्त्र आएको बताए । उनले नेपालमा अब राजसंस्था आउन नहुने धारणा राखे । नेपालमा विकास र समृद्धिको सुधार भएको स्विकारे । तर, विकासको गति अझै नपुगेको उनको भनाई छ । भारतमा लोकतन्त्र हुँदा नेपालमा पनि लोकतन्त्र नै हुनुपर्ने भारतको चाहना रहेको उनको भनाई छ । भारतमा लोकतन्त्र र नेपामा राजशाही हुनै नसक्ने पनि भदौरियाको टिप्पणी छ ।




प्रतिक्रिया