काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८२/०८३ को तयारीबारे मन्त्री र मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज (बिहीबार) सबै मन्त्री र मन्त्रालयका सचिवहरुसँग बजेटको तयारीबारे छलफल गर्न लागेका हुन् ।
छलफलको लागि दिृउँसो साढे ३ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । उक्त बैठकमा सबै मन्त्री र मन्त्रालयका सचिवहरु सहभागी हुन भनिएको छ । File Photo/RN




प्रतिक्रिया