कांग्रेस जिल्ला कार्यसमितिलाई गगनको निर्देशनः क्रियाशील सदस्यता नवीकरण वैशाख १५ गतेसम्म टुङ्ग्याउनु


काठमाडौं, २८ चैत । नेपाली कांग्रेसले आगामी वैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण टुङ्ग्याउन देशभरका जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले ७७ वटै जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै थप भएको समयमा अनिवार्य रुपमा क्रियाशील सदस्यता टुङ्ग्याउन भनेका हुन् ।

यसअघि कांग्रेसले क्रियाशील सदस्यता चैत मसान्तभित्रै टुङ्ग्याउन भनेको थियो । तर, क्रियाशील सदस्यताको बारेमा विभिन्न जिल्लामा विवाद कायम रहेको अवस्थामा १५ दिनको लागि म्याद थप गरिएको हो ।

कांग्रेसले क्रियाशील सदस्यता नवीकरण शुल्क २ सय रुपैयाँ तोकेको ेछ । क्रियाशील सदस्यको काम समयमै टुंग्याए पार्टीको महाधिवेशन तोकिएकै समयमा गर्नुपर्ने अडानमा महामन्त्री थापाको टिम रहेको छ । File Photo/RN