सिंगो सरकार नै समृद्धिको लागि काम गरिरहेको छ : परराष्ट्रमन्त्री राणा


काठमाडौं, २८ चैत्र । परराष्टमन्त्री डा. आरजु राणा देउवाले सिंगो सरकार नै देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको बताएकी छिन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् ।

उनले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको उल्लेख गर्दै नेपालको तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाहरूको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर काम गर्नु पर्ने बताईन् । यसका लागि सरकार र निजी क्षेत्र मिलेर देशभित्र भएका स्रोत साधनको अधिकतम रुपमा प्रयोग गरि विकासको गति तीव्र बनाउनुपर्ने उनको धारणा थियो ।