ऊर्जा राज्यमन्त्रीले सचिवलाई सोधे २४ घण्टे स्पष्टीकरण


काठमाडौं, २९ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुनः अर्को विवाद सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोधेर प्राधिकरणबाट हटाएको विवाद सेलाउन नपाउँदै मन्त्रालयमा अर्को विवाद सुरु भएको हो ।

यसपटक भने राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । राज्यमन्त्री तामाङले सचिव आचार्यले पदीय आचरणअनुसार व्यवहार नगरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।