काठमाडौं । दुर्गा प्रसाईले भारतको गुवाहटीमा भारतीय प्रहरीसमक्ष आत्मसमर्पण गरेको समाचार सार्वजनिक भएसँगै नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले यस विषयलाई गम्भीर रुपमा लिनुपर्नेमा जोड दिएका छन्।
सांसद शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्,
“अहिले भर्खरै भारतको गुवाहटीमा दुर्गा प्रसाईले भारतीय प्रहरीसमक्ष आत्मसमर्पण गरेको खबर पाएको छु।उनलाई आजै नेपाल प्रहरीको जिम्मा लगाउने सुन्नमा आएको छ।यसअघि उनले भिडियो सन्देशमार्फत आफ्नो सुरक्षासम्बन्धी चिन्ता व्यक्त गरेका थिए।यस विषयलाई नेपाल सरकार तथा सम्बन्धित निकायहरूले गम्भीरतापूर्वक लिनु जरुरी छ।विधिको शासन र कानुनी सर्वोच्चता हामी सबैको साझा दायित्व हो।”
सांसद शर्माले सरकारलाई प्रसाईको सुरक्षा सुनिश्चित गर्दै, कानुनी प्रक्रिया निष्पक्ष ढंगले अघि बढाउन आग्रह गरेका छन्।




प्रतिक्रिया