काठमाडौं, २९ चैत्र । देशको अग्रणी बैंक नबिल बैंक देशको बैंकिङ एवं इन्स्युरेन्स क्षेत्रमा सबैभन्दा बढि कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघको ५९औँ साधारण सभाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सर्वोत्कृष्ट करदाताका रूपमा बैंक सम्मानित भएपछि विनोद चौधरीले खुशी व्यक्त गरेका छन् ।
उनले बैंक यसरी सम्मानित हुन पाउँदा आफूहरु गौरवान्वित रहेको बताएका छन् । विगत ४० बर्षदेखि देशको आर्थिक विकासमा आफूहरु समर्पित रहदै आएको पनि उनले उल्लेख गरेका छन् ।




प्रतिक्रिया