काठमाडौं, २९ चैत्र । पूर्व प्रशासक शारदा प्रसाद त्रितालले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रवाफबारे प्रश्न उठाएका छन् । दाङ जाँदा थापाले लामै कारकेड प्रयोग गरेको विषयमा उठाउँदै उनले यस्तो टिप्पणी गरेका हुन् । पार्टीको कार्यक्रममा जाँदा सरकारी गाडीको प्रयोग गरिएको भन्दै उनले यो पनि विपीद्धारा हुकाईएको नेपाली कांग्रेसको सिद्धान्तभित्रै पर्ने विषय हो र ? भनेर प्रश्न गरेका छन् । त्रितालले फेशबुकमा लेखेका छन्–
पार्टीको महामन्त्रीले पनि सरकारी सुविधा पाउन थालेको हो ! दाइभाउजु कम्पनीका एकजना महामन्त्रीले दांग जाँदा लामै कारकेड प्रयोग गरेको देखियो । आफुलाई वि पि कोइरालाको नेपाली कांग्रेसको सिद्धान्तप्रति वफादार मान्ने महामन्त्री यस्तै रवाफी बन्दै जाने हो भने त खै के भनौ र ! कारकेडमा सरकारी गाडीहरु पनि देखिए । पार्टीको कार्यक्रममा जाँदा सरकारी गाडीको प्रयोग गर्नु पनि शायद वि पि द्वारा हुर्काइएको नेपाली कांग्रेसको सिद्धान्तभित्रै पर्ने विषय हो कि ! सत्ता साझेदार दलको नेता भएर यस्तो सुविधा पाएको पो हो कि । अथवा दाइभाउजु कम्पनीको सिद्धान्तमा चलेको पो हो कि ! प्रधानमन्त्रीले सरकारी हेलिकोप्टर प्रयोग गरेर पार्टीको कार्यक्रममा जान हुन्छ भने सत्तासाझेदार पार्टीको महामन्त्रीले अलि अलि त प्रयोग गर्न पाउनु पर्यो नि भनेर यसो गरिएको पो हो कि !




प्रतिक्रिया