तिनकुने घट्ना र पूर्वराजा ज्ञानेन्द्रबारे कांग्रेस महामन्त्री शर्माको कडा टिप्पणी, विपी कोइराला सम्झाए


काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तिनकुने घट्नाको सम्बन्धमा पूर्वराजा ज्ञानेन्द्र शाहले दुःखसमेत व्यक्त नगरेकोमा आक्रोश पोखेका छन् । तिनकुनेको प्रदर्शन आफ्नो आह्वानमा भएको भन्दै पूर्वराजा ज्ञानेन्द्रले त्यस दिनको घट्नाको बारेमा जिम्मा लिएर दुःख व्यक्त गर्नुपर्ने थियो भन्ने शर्माको भनाई हो ।

हिजो (शुक्रबार) कांग्रेस दाङको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । शर्माले पुराना दलभन्दा बढी संस्कार राजासँग छ भनेर कतिपयले भनेको विषयमा पनि त्यस बुझाई गलत भएको टिप्पणी गरे ।

विपी कोइरालाले आफ्नो नेतृत्वमा भएको देशको क्रान्तिको बारेमा प्रत्येक घट्नामा आफ्नो संलग्नता नभएपछि आफूले आह्वान गर्दा भएको क्रान्तिको प्रत्येक घट्नाको जिम्मा लिन्छु भनेर सम्मानित अदालतमा उपस्थित् भएर भनेको पनि स्मरण गराए । तर, तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको जिम्मा पूर्वराजाले नलिएकोमा भने उनले प्रश्न उठाए ।

उनले भने,‘तिनकुने घट्नाको जिम्मा पूर्वराजाले लिए त ? त्यो दिन प्रदर्शनमा ज्यान गुमाएका सविन महर्जनकी श्रीमतीको सिउँदो पुछिँदै गरेको घटनाले ज्ञानेन्द्रलाई छोयो त ? रिपोर्टिङ गर्दागर्दै आगोमा जलेर निधन भएका पत्रकार सुरेश रजककी आमाको चित्कारले छोयो त ?’ file photo