काठमाडौं, ३० चैत्र । चर्चित नायक प्रदीप खड्काले नेपाली चलचित्रहरु अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धाको रुपमा जानसक्ने स्पष्ट पारेका छन् । भारतीय चलचित्रसँग पनि नेपाली चलचित्रले प्रतिष्पर्धा गरिरहेको उनको दाबी छ ।
प्राइम टिभीको र्चिर्चत कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।उनले भने,‘भारतीय बजारमा त नेपाली चलचित्र इजिली चल्छ । चलिराखेको छ । रेगुलर चलिरहेको छैन ।’ फरक प्रसंगमा उनले देशको राजनीतिबारे सोधिएको प्रश्नमा पनि आफ्नो धारणा राखेका छन् ।
पत्रकार धमलाले ‘अहिले गणतन्त्र भर्सेज राजसंस्थाको बहस छ, पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउनको लागि राजावादीहरु आन्दोलनमा छन्, त्यो सम्भव छ?’ भनेर राखेको प्रश्नमा नायक खड्काले भने–यस्तो हुन्छ, पहिलो कुरा त व्यवस्था धेरै पटक परिवर्तन भयो, प्रत्येक १५ वर्षमा, २० वर्षमा व्यवस्था परिवर्तन भएको छ । व्यवस्था कहिल्यैपनि नराम्रो हो जस्तो लाग्दैन् । युकेमा अहिलेपनि रोयल फ्यामिलीले रुल गर्नुहुन्छ, अमेरिकामा डिरेक्ट इलेक्टेड प्रेसिडेन्ट हुनुहुन्छ, ईण्डियामा प्राइम मिनिष्टर हुनुहन्छ, चाईनामा वन पार्टी सिस्टम होला, सबै देश त समृद्धितर्फ बढिरहेको छ । मेरो विचारमा व्यवस्था सबै ठीक हो, व्यक्ति ठीक हुनपर्यो ।’ उनले आफूले आजसम्म राजपरिवारका कोही पनि सदस्यसँग भेट्न नपाएको स्पष्ट पारे ।




प्रतिक्रिया