काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टी महामन्त्री गगनकुमार थापाले एक दर्जनलाई नियुक्ति दिलाएपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको बेडरूममा विचौलिया देखेको टिप्पणी गरेका छन् । आज (मंगलबार) पार्टीको एक कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्रीको बेडरूमसम्मै विचौलियाको पहुँच रहेको अभिव्यक्ति दिएका थिए ।
‘हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो । विचौलियाहरू म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ । विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन,’– महामन्त्री थापाले भनेका थिए ।
महामन्त्री थापाको उक्त भनाइप्रति व्यङ्ग्य गर्दै पूर्वमुख्यमन्त्री कार्कीले भनेका छन्, ‘दिनरात नभनी १६/१६ घण्टा बलुवाटारमा बसेर सरकारको रसायन बनेर काम गर्नेले एक दर्जन नियुक्ति भएपछि बल्ल बेडमा विचौलिया पुगेको देख्नुभएछ । यो मेरो विचारभन्दा पनि सम्बन्धित कै हो ।’
महामन्त्री थापा सरकार सञ्चालनका लागि गठन भएको दुई दलीय संयन्त्रमा छन् । सरकार बनेको ८ महिनासम्म चुपचाप काम गरेका गगन केही समयदेखि भने सरकारको विरुद्धमा बोल्न थालेका छन् ।




प्रतिक्रिया