काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका पदाधिकार, पूर्वपदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरुको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा जारी रहेको छ । बैठक २ घण्टादेखि निरन्तर जारी रहेको बताइएको छ । बैठकमा पार्टीभित्र सरकारप्रति बढ्दै गएको असन्तुष्टिको बारेमा छलफल गरेर साझा धारणा बनाउने प्रयास भइरहेको छ ।
पछिल्लो समय कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगातले सरकारप्रति निरन्तर असन्तुष्टि जनाउँदै आएका छन् । महामन्त्री थापाले त प्रधानमन्त्री केपी शर्मा ओलीको बेडरुपसम्मै विचौलियाहरुको पहुँच रहेकोसम्मको अपत्तिजनक अभिव्यक्ति दिएका थिए । सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम चाहीँ तत्काल गर्नेगरेको महामन्त्री थापाको आरोप छ ।
उपसभापति खड्का र महामन्त्री थापाले हिजो सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकसमेत बहिस्कार गरेका थिए । अर्का महामन्त्री शर्माले पनि सरकारबारे ७ बुँदामा आफ्नो असहमति राखिसकेका छन् ।




प्रतिक्रिया