ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी, अन्य दुई संगठनले बनाए गठबन्धन


काठमाडौं, ४ वैशाख । नेपाल ल क्याम्स, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट मोहम्मद माजिद प्रवेजले उम्मेदवारी दिएका छन् । नेपाल ल क्याम्पसमा आगामी वैशाख ८ गते स्ववियू निर्वाचन हुँदैछ । नेविसंघले सचिवमा मनमोहन भट्ट र कोषाध्यक्षमा विविषा मिश्रलाई उम्मेदवार बनाएको छ । सभापतिका उम्मेदवार प्रवेज एलएलएम पाँचौं सेमेस्टरमा अध्ययनरत छन् ।

यता नेविसंघविरुद्ध अनेरास्ववियु, अखिल (क्रान्तिकारी) ले गठबन्धन गरेका छन् । अनेरास्ववियुले सभापति, अखिल (क्रान्तिकारी) ले सचिव र सदस्य पदमा उम्मेदवारी दिने सहमति भएको छ । दुई संगठनको गठबन्धनलाई नेविसंघले आफूहरु विरुद्ध बनेको गठबन्धनको संज्ञा दिएको छ ।