ल क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बीच गठबन्धन


काठमाडौं, ४ वैशाख । नेपाल ल क्याम्स, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को गठबन्धन बनेको छ । अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले संयुक्त प्यानलबाट समीर रिजालले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी अनेरास्ववियुका नेता हुन् । त्यस्तै, सचिवमा ओमप्रकाश सुनारले उम्मेदवारी दिएका छन् । सुनार अखिल (क्रान्तिकारी) का नेता हुन् । कोषाध्यक्षमा अनेरास्ववियुका आशुतोश कुमार गुप्ताको उम्मेदवारी परेको छ ।

नेपाल ल क्याम्पसमा आगमी वैशाख ८ गते स्ववियू निर्वाचन हुँदैछ । उक्त क्याम्पसमा मतदाताको संख्या २ हजार ९ सय १५ रहेको छ ।